१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल र यूएईको श्रम बैठक बस्दै : घरेलु श्रमिक खोल्न यूएईको प्राथमिकता

३० जेष्ठ २०८०, मंगलवार ०८:३४

जेठ ३०, काठमाडौँ | नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को उच्चस्तरीय श्रम अधिकारीहरूबीच काठमाडौंमा बुधबार संयुक्त बैठक हुँदैछ । शून्य लागतमा नेपाली श्रमिक पठाउने श्रम सम्झौता भएपछि नियमित रूपमा बस्न लागेको यो तेस्रो बैठक हो  । यसअघिको बैठक आबुधाबीमा भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, यूएई जाने कामदारको सीप विकास, न्यूनतम तलबको कार्यान्वयनलगायतको विषयमा एजेन्डा तय गरेको छ । युएई पक्षले भने नेपालबाट घरेलु श्रमिक लैजाने बिषयलाई प्राथमिकता दिएको छ ।


श्रम सम्झौतापछि भएका दुई वटा बैठकमा पनि यूएईले नेपाललाई घरेलु श्रमिक खोल्न आग्रह गर्दै आएको थियो । तर, यो बैठकमा भने पठाउने मिति नै तोक्नुपर्ने पक्षमा यूएई छ । घरेलु श्रमिकको सबै सुरक्षाको जिम्मेवारी यूएई लिने बताउँदै आएको छ ।

नेपालले २०७३ मा पहिलो पटक संस्थागत हिसाबमा घरेलु श्रमिक यूएई पठाएको थियो । तर, संसदीय समितिले यूएईसहित सबै देशहरूमा श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक पठाउन रोक लगाएपछि संस्थागत श्रमस्वीकृतिको प्रक्रिया रोकिएको थियो । त्यसपछि भने यूएईसँग श्रम सम्झौता भयो । त्यो सम्झौतापछि यूएईले घरेलु श्रमिकसँग सम्बिन्धत छुट्टै प्रोटोकल गर्ने पक्षमा छ ।

महिला अधिकारकर्मी मञ्जु गुरुङले यूएईले सुरक्षाको जिम्मेवारी लिएपछि घरेलु श्रमिक पठाउन रोक्न नहुने बताइन् । ‘घरेलु श्रमिकलाई संस्थागत हिसाबले पठाउनुपर्छ । संस्थागत हिसाबले नपठाउँदा गैरकानुनी बाटोको प्रयोग भयो । जसले गर्दा महिलाहरू थप जोखिममा परेका छन्,’ उनले भने ।

यूएई नेपाली महिला कामदारका लागि प्रमुख गन्तव्य हो । श्रम मन्त्रालयको प्रतिवेदन–२०२२ अनुसार श्रम स्वीकृति लिई जानेमध्ये ३९ प्रतिशत महिला यूएई गएका छन् । त्यसमा घरेलु श्रमिकको भने तथ्यांक उल्लेख छैन ।

खाडीमा सबैभन्दा कम तलब पनि यूएईमा नै छ । उच्च लागत, कम तलब र उच्च खर्च भएकोले यूएईले श्रमिकको तलब तोक्नुपर्ने पक्षमा नेपाल छ । हालै प्रकाशित एक अध्ययन अनुसार खाडीमा सबैभन्दा महँगो जीवन दुबईमा छ । यूएई गएकामध्ये झन्डै ४० प्रतिशत नेपाली दुबईमा कार्यरत छन् ।

सरोकारवालाहरुले कामदारको २४ घण्टा बिमाको सुविधा हुनुपर्ने, रोजगारदाताले म्यानपावर कम्पनीलाई दिइने सेवा शुल्क निर्धारण गर्नुपर्ने, यूएईबाट फर्केका कामदारको पुन:स्थापनाका लागि यूएईले लगानी गर्नुपर्ने, अशक्त भई फर्केका कामदारको जीवनयापनका लागि यूएईले जिम्मेवारी लिनुपर्ने, भिजिट भिसाको तस्करी गरी कामदार लैजानेहरूमाथि कारबाही गर्नुपर्ने विषय उठाउन नेपाल सरकारलाई सुझाव दिएका छन् । -कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट