राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको आज गरे बिदाइ भेट

Posted on: 07 Jul, 2023

असार २२, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आज बिदाई भेट गरेका छन् । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज (शुक्रवार) गरेको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएकोबारे चर्चा भएको छ । 

तिमिल्सिनाले ठुलो सङ्ख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।  भेटमा राजदूत हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!