असार २२, काठमाडौँ | मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई दुई लाख घुससहित रंगेहात पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ढकाललाई नियन्त्रणमा लिएको छ ।
नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालका अनुसार लेखा अधिकृत ढकालले घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले दुई लाख रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाए । उनीमाथि थप अनुसन्धान भइरहेको बताएको छ |