असार २७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
चिकित्सकहरुका अनुसार दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको हो।
सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट पीडित थिइन्