प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

Posted on: 12 Jul, 2023

असार २७, काठमाडौं | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि सत्तारुढ दल कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो।

बैठक आज (बुधबार) दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने तय भएको थियो। केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न बिहान ९ बजे पदाधिकारी तथा पार्टी शीर्ष नेताहरुको बैठक बस्ने भनिएको थियो। 

तर बिहान ८:३३ बजे दाहालको निधन भएपछि पदाधिकारी बैठकसँगै केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए। उनका अनुसार बैठक साउन २ गतेदेखि सुरु हुने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!