असार २७, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दुःख व्यक्त गर्नुभएको हो । दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गर्नुभएको थियो ।