प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगियो

Posted on: 12 Jul, 2023

असार २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।

उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।

प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन्।

आज बिहान ८:३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!