दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज  नेपाल भ्रमणका लागि आउँदै छन् ।

सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटमा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई देशबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए । एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु चार महिनाअघि पनि लु नेपाल आएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!