नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

टोलीमा अध्यक्ष ओलीसँगै  पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। 

अध्यक्ष ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!