२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राखिनुपर्छः कांग्रेस

२०७३, २१ आश्विन शुक्रबार ०८:४१

असोज २१, काठमाडौँ । नेपाली काँग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ । 

कार्यसमितिको आज सिंहदरबारमा सम्पन्न बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने बैठकमा सहभागी नेता राधेश्याम अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न जरुरी छ ।” 

बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू सदनमा प्रस्तुत गर्नुभएको थियो । 

उक्त दलका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ती विधेयकका मस्यौदामाथि आज दिउँसो ४ बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन व्यवस्थापिका–संसद् सचिवालयले सांसदहरुलाई समयसीमा तोकेको छ । 

दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले ती विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिनुभयो । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण, अर्का केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, डा रामशरण महतलगायतको सहभागितो थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त