१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राखिनुपर्छः कांग्रेस

२१ आश्विन २०७३, शुक्रबार ०८:४१

असोज २१, काठमाडौँ । नेपाली काँग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ । 

कार्यसमितिको आज सिंहदरबारमा सम्पन्न बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने बैठकमा सहभागी नेता राधेश्याम अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न जरुरी छ ।” 

बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू सदनमा प्रस्तुत गर्नुभएको थियो । 

उक्त दलका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ती विधेयकका मस्यौदामाथि आज दिउँसो ४ बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन व्यवस्थापिका–संसद् सचिवालयले सांसदहरुलाई समयसीमा तोकेको छ । 

दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले ती विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिनुभयो । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण, अर्का केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, डा रामशरण महतलगायतको सहभागितो थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का