मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया क"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मानव अधिकार शान्ति समाज नवलपरासीको सभापतिमा बिक

२९ आश्विन २०७३, शनिबार १२:३९


मोहम्मद ईजहार शेष । असोज २९, परासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ औ जिल्ला परिषद तथा ९ औ जिल्ला अधिवेशनवाट मोहन विकको सभापतित्वमा १५ सदस्सीय नँया कार्यसमिति चयन गरिएको छ । 

नवलपरासीको गैडाकोटमा आज नेपाली कांग्रेस नेता बिक्रम खनालको प्रमुख आतिथ्य तथा मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद आचार्य को अध्यक्षतामा भएको अधिवेषनवाट सर्वसम्मत रुपमा उक्त समिति गठन गरिएको हो । जस्को उपसभापतिमा डाक्टर मोती ढकाल, सचिवमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा निर्मला यादव चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा लक्ष्मी देवी चौधरी, संजीत शर्मा, बदरी नेपाल, लक्ष्मी प्रसाद सोती, भगवति अधिकारी रहनु भएको छ भने बाकी रहेका ४ जना सदस्य पदपछि पदपुर्ति गर्ने बताईएको छ ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेता खनाले लोकतन्त्रलाई मजबुत बनाउन मानव अधिकारको क्षेत्रलाई बलियो बनाउनु पर्ने भन्दै मानव अधिकार बलियो भए मात्र राजनिती बलियो हुनेमा जोड दिनु भयो । मानव अधिकार विपरित हुने क्रियाकलाप लाई न्युनिकरण गर्न मानव अधिकारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु उँहको भनाई रहेको थियो ।

सो अवसरमा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली, राजेन्द्र पौडेल, समाजका चितवन सभापति काशीराम गिरी, मानव अधिकार शान्ति समाज नवलपरासीको नि वर्तमान उप सभापति माधव प्रसाद गौतम, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोट का सचिव छविलाल काफ्ले लगायतले नवनिर्वाचित कार्य समितिको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’