साजन परियार, असोज ३० पर्वत ।
राप्ररा नेपाल पर्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मलम्वीहरुको महान चाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा राप्ररा नेपाल प्रदेश नम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, असोज ३० पर्वत ।
राप्ररा नेपाल पर्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मलम्वीहरुको महान चाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा राप्ररा नेपाल प्रदेश नम्"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राप्ररा नेपाल पर्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

२०७३, ३० आश्विन आईतवार ०७:३०

साजन परियार, असोज ३० पर्वत ।
राप्ररा नेपाल पर्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मलम्वीहरुको महान चाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा राप्ररा नेपाल प्रदेश नम्वर ४ का इन्चार्ज हेमजंग गुरुङले नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र भएकाले नेपाललाई हिन्दु राष्ट्र  कायम गर्नुपर्ने बताएका छन् । उनले नेपाललाई हिन्दु राष्ट्र घोषण नगरिए जनबल र क्रान्तिवाट हिन्दु राष्ट्र पुन ः स्थापना गर्ने चेतवानी दिएका छन् । मुलुकमा संविधान संशोधनको कार्य अगडी बढाउँदा देशलाई हिन्दु राष्ट्र कायम गर्न प्रक्रिया पनि अगडी बढाउनुपर्ने माग गरेका छन् । एक फरक प्रशंगामा नेता गुरुङले लामो समयसम्म स्थानिय निकायको चुनाव नहुँदा विकास निर्माणका कार्यहरु अवरुद्ध भएको बताए । उनले स्थानिय निकायको चुनाववारे ठुला दलहरु चिन्तीत नभएको आरोप लगाए । बर्षेदेखी स्थानिय निकाय जनप्र्रतिनिधी विहिन हुँदा स्थानिय निकायमा भष्ट्राचार मैलाउँदै गएको उनको भनाई छ ।
कार्यक्रममा बोलदै राप्रपा नेपाल पर्वतका अध्यक्ष ठाकुरप्रसाद भुषालले नेपाललाई हिन्दु राष्ट्र कायम नगरे राप्रपा नेपाललाई मान्य नहुने बताए । अध्यक्ष भुषालले स्थानीय निकायमा चुनावको मिति तत्काल घोषण गर्नुभयो । विजय दशमी तथा दिपावलीको शुभकामना व्यक्त गदै भुषालले ठुला दलका नेताले स्थानिय निकायको चुनाववारे कोठे प्रतिवद्धता बाहेक अन्य कुरा नगरेको आरोप लगाए ।  
राप्रपा नेपाल पर्वतका अध्यक्ष ठाकुरप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपा नेपाल धौलागिरी अञ्चलका संयोजक तथा केन्द्रिय सदस्य कुलवहादुर गुरुङ ‘कुलुृ’, राप्रपा नेपालका केन्द्रिय सदस्य इच्छावहादुर गुरुङ, राप्रपा नेपाल स्याङजाका अध्यक्ष गणेश गुरुङ, राप्रपा नेपाल स्याङजाका जनजाति नेता झलवहादुर गुरुङ, राप्रपा नेपाल धौलागिरी अञ्चलका सदस्य रणवहादुर वोहोरा, नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवाँर, परिवार दल पर्वतका अध्यक्ष समिक्षा शर्मा, क्रान्तिकारी माओवादी पर्वतका संयोजक तेजेन्द्र पौडेल, जिल्ला शिक्षा कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी कुश्माराज पौडेल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम लामिछाने, वार ईकाई समिति पर्वतका अध्यक्ष विश्वराज पाण्डे, नागरिक सञ्जाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडी, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राप्रपा नेपाल पर्वतका अध्यक्ष ठाकुरप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य राप्रपा नेपाल धौलागिरी अञ्चलका कोषाध्यक्ष ठाकुर बम मल्ल र कार्यक्रमको सञ्चालन राप्रपा नेपाल पर्वतका उपाध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा