असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीचनयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीचनयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुश"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्या भण्डारीकी छोरी र रामवरणका नातिको माघमा बिहे हुने

२०७३, ३० आश्विन आईतवार १३:४९

असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीच नयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति यादवका नाति अभिशेष यादवबीच शीतलनिवासमा आइतबार टीकाटालो गरिएको छ ।

बुढानीलकण्ठ स्कूल पढ्दादेखिकै साथी रहेका निशा र अभिशेषबीच करीव ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको थियो । उनीहरुको बिषयमा चर्चा भईरहे पनि नाता नै जोडिने बिषयमा भने अघिल्लो बर्षदेखि नै चर्चा थियो । तर बिबिध कारण रोकिएको उनीहरुको बिहेको लगन यो बर्षको लागि भने जुराइन लागेको छ । आज सितल निवासमा भएको इंगेजमेन्ट समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यका साथै दुई परिवारका नजिकका नातेदार सहभागी थिए । 

राष्ट्रपतिको स्वकीय सचिवालयका सबै सदस्यहरुलाई निम्ता दिइएको उक्त टीकाटालो कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादव भने उपस्थित भएनन् । उनी उपचारका क्रममा अमेरिकामै रहेका कारण सहभागी नभएका हुन् ।

टीकाटालोका अवसरमा रामवरणका नाति अभिशेकले बिध्या भण्डारीकि छोरी निशाकुसुमलाई औंठी लगाइदिए । निशाले पनि अभिशेषलाई औंठी लगाइदिइन् ।

निशा र अभिशेषको विहे माघमा गर्ने तय गरिए पनि कुन तिथि गर्ने भन्ने बारेमा भने अहिलेसम्म टुंगो लागेको छैन । 

आज शीतलनिवासमा टीकाटालोको कार्यक्रम विहान १० देखि १२ बजेसम्म चलेको थियो । वर-बधुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिएकी थिइन् । टिकाटालोपछि राष्ट्रपति निवासमा दिवाभोजको आयोजना गरिएको थियो ।

पेशाको कुरा गर्ने हो भने एमालेका जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने पूर्वराष्ट्रपति रामवरणका नाथि अभिशेष इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी