असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीचनयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीचनयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुश"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्या भण्डारीकी छोरी र रामवरणका नातिको माघमा बिहे हुने

३० आश्विन २०७३, आईतवार १३:४९

असोज ३०, काठमाडौं । पुर्ब राष्ट्रपति रामबरण यादव र अहिलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीबीच नयाँ नाता जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति यादवका नाति अभिशेष यादवबीच शीतलनिवासमा आइतबार टीकाटालो गरिएको छ ।

बुढानीलकण्ठ स्कूल पढ्दादेखिकै साथी रहेका निशा र अभिशेषबीच करीव ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको थियो । उनीहरुको बिषयमा चर्चा भईरहे पनि नाता नै जोडिने बिषयमा भने अघिल्लो बर्षदेखि नै चर्चा थियो । तर बिबिध कारण रोकिएको उनीहरुको बिहेको लगन यो बर्षको लागि भने जुराइन लागेको छ । आज सितल निवासमा भएको इंगेजमेन्ट समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यका साथै दुई परिवारका नजिकका नातेदार सहभागी थिए । 

राष्ट्रपतिको स्वकीय सचिवालयका सबै सदस्यहरुलाई निम्ता दिइएको उक्त टीकाटालो कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादव भने उपस्थित भएनन् । उनी उपचारका क्रममा अमेरिकामै रहेका कारण सहभागी नभएका हुन् ।

टीकाटालोका अवसरमा रामवरणका नाति अभिशेकले बिध्या भण्डारीकि छोरी निशाकुसुमलाई औंठी लगाइदिए । निशाले पनि अभिशेषलाई औंठी लगाइदिइन् ।

निशा र अभिशेषको विहे माघमा गर्ने तय गरिए पनि कुन तिथि गर्ने भन्ने बारेमा भने अहिलेसम्म टुंगो लागेको छैन । 

आज शीतलनिवासमा टीकाटालोको कार्यक्रम विहान १० देखि १२ बजेसम्म चलेको थियो । वर-बधुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिएकी थिइन् । टिकाटालोपछि राष्ट्रपति निवासमा दिवाभोजको आयोजना गरिएको थियो ।

पेशाको कुरा गर्ने हो भने एमालेका जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने पूर्वराष्ट्रपति रामवरणका नाथि अभिशेष इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का