कात्तिक १, काठमाडौँ | वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, काठमाडौँ | वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्र"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेक स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा मन्त्री थकालीको जोड

२०७३, १ कार्तिक सोमबार ०२:४७

कात्तिक १, काठमाडौँ | वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्रका अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापार र आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्नसक्ने बताउनुभएको छ । 

गोवामा ब्रिक्स– बिमस्टेक सम्मेलनको साइडलाइनमा आयोजित बिमस्टेक व्यापार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थकालीले सो विचार व्यक्त गर्नुभएको हो । 

उहाँले व्यापार तथा आर्थिक एकीकरणको दृष्टिले बिमस्टेक क्षेत्र अहिले पनि सबैभन्दा कमजोर क्षेत्रको रुपमा रहनु यस क्षेत्रका अतिकम विकसित मुलुकका लागि लाभदायक नभएको बताउँदै बिमस्टेक फ्रेसवर्क सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत यस क्षेत्रका सदस्य मुलुकबीच व्यापार, लगानी र सेवा व्यापारका क्षेत्रमा आपसी अन्तरसम्बद्ध प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

सो सम्मेलनपछि बङ्गलादेश पुग्नु भएका मन्त्री थकालीले आइतबार बङ्गलादेशका वाणिज्यमन्त्री तोफाल अहमदसँग भेटवार्ता गर्नुभयो । सो अवसरमा बङ्गलादेश र नेपालबीच लगानी तथा द्विपक्षीय व्यापार प्रवद्र्धन र व्यापारजन्य पूर्वाधारको सुधारका विषयमा छलफल भएको थियो । 

नेपालबाट बङ्गलादेशमा निर्यात हुने १०८ वटा वस्तुलाई शून्य भन्सार महसुलमा तथा बङ्गलादेशबाट नेपाल आयात हुने ५० वटा वस्तुलाई सहुलियतपूर्ण भन्सार दरको सुविधा उपलब्ध गराउने विषयको समझदारीलाई टुङ्गोमा पुर्याई यथाशीघ्र कार्यान्वयनमा ल्याउने विषयमा दुवै पक्षबीच सहमति भएको वाणिज्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

भेटघाटका क्रममा दुवै वाणिज्यमन्त्रीले बङ्गलादेश–भूटान–भारत र नेपालबीच भएको मोटर भेहिकल मुभमेन्ट्स एग्रिमेन्टलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन जोड दिनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन