कात्तिक १, काठमाडौँ | वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, काठमाडौँ | वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्र"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेक स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा मन्त्री थकालीको जोड

१ कार्तिक २०७३, सोमबार ०२:४७

कात्तिक १, काठमाडौँ | वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन सके यस क्षेत्रका अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापार र आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्नसक्ने बताउनुभएको छ । 

गोवामा ब्रिक्स– बिमस्टेक सम्मेलनको साइडलाइनमा आयोजित बिमस्टेक व्यापार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थकालीले सो विचार व्यक्त गर्नुभएको हो । 

उहाँले व्यापार तथा आर्थिक एकीकरणको दृष्टिले बिमस्टेक क्षेत्र अहिले पनि सबैभन्दा कमजोर क्षेत्रको रुपमा रहनु यस क्षेत्रका अतिकम विकसित मुलुकका लागि लाभदायक नभएको बताउँदै बिमस्टेक फ्रेसवर्क सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत यस क्षेत्रका सदस्य मुलुकबीच व्यापार, लगानी र सेवा व्यापारका क्षेत्रमा आपसी अन्तरसम्बद्ध प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

सो सम्मेलनपछि बङ्गलादेश पुग्नु भएका मन्त्री थकालीले आइतबार बङ्गलादेशका वाणिज्यमन्त्री तोफाल अहमदसँग भेटवार्ता गर्नुभयो । सो अवसरमा बङ्गलादेश र नेपालबीच लगानी तथा द्विपक्षीय व्यापार प्रवद्र्धन र व्यापारजन्य पूर्वाधारको सुधारका विषयमा छलफल भएको थियो । 

नेपालबाट बङ्गलादेशमा निर्यात हुने १०८ वटा वस्तुलाई शून्य भन्सार महसुलमा तथा बङ्गलादेशबाट नेपाल आयात हुने ५० वटा वस्तुलाई सहुलियतपूर्ण भन्सार दरको सुविधा उपलब्ध गराउने विषयको समझदारीलाई टुङ्गोमा पुर्याई यथाशीघ्र कार्यान्वयनमा ल्याउने विषयमा दुवै पक्षबीच सहमति भएको वाणिज्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

भेटघाटका क्रममा दुवै वाणिज्यमन्त्रीले बङ्गलादेश–भूटान–भारत र नेपालबीच भएको मोटर भेहिकल मुभमेन्ट्स एग्रिमेन्टलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन जोड दिनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का