२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ लाख ६३ हजार सम्झौता, ४ लाख २० हजारले पहिलो किस्ता लिए

२ कार्तिक २०७३, मंगलवार ०९:४७

ताराबहादुर महत | कात्तिक २, दोलखा | राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ । 

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार हिजो (कात्तिक १ गते) सम्म भुकम्प अति प्रभावित १२ जिल्लामा ४ लाख ६३ हजार २ सय ३ घरधुरीसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता भएका मध्ये ४ लाख २० हजार ८ सय ८२ परिवारले पहिलो किस्ताको ५० हजार रुपिँयाका दरले रकम बुझिसकेको मन्त्रालयकी सहायक प्रवक्ता एवम सुचना अधिकारी सीता परियारले जानकारी दिनुभयो । भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं र भक्तपुरमा भने अनुदान सम्झौता शुरु हुन सकेको छैन ।

यसैबिच दोलखामा ४५ हजार १ सय  ८५ घरधुरीसँग अनुदान सम्झौता भएकोमा ४४ हजार ६ सय ७ परिवारले मात्र पहिलो किस्ताको ५० हजार रुपिँया बुझेका छन । दोलखामा ५१ हजार ७ सय ६२ घरधुरी लाभग्राहीको सुचीमा परेका छन भने २१ हजार ७ सय १२ जनाले आफ्नो घरधुरी लाभग्राहीको सुचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन । त्यसैगरी रामेछापमा ४० हजार ७ सय ८७, ओखलढुङ्गामा १८ हजार २० र सिन्धुपाल्चोकमा ७४ हजार ८ सय ५७ घरधुरीसँग अनुदान सम्झौता भईसकेको छ भने क्रमसः ३९ हजार ७ सय ५९, १७ हजार ३ र ७२ हजार २ सय ८९ घरधुरीले पहिलो किस्ताको ५० हजार रूपयाँ बुझिसकेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ