कात्तिक २, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिनपिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिनपिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र "/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गोवामा प्रचण्डले नेपालको कुटनीतिमा एक बक्सिङ हाँने’

२०७३, २ कार्तिक मंगलवार ११:४६

कात्तिक २, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिनपिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर रहेको टिप्पणी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले प्रधानमन्त्री प्रचण्डले प्रतिक्षालयमा भएको उक्त भेटलाई नेपालको लागि दुर्लभ भेट भन्नु प्रचार बाहेक अरु केही नभएको समेत जिकिर गरे । रावलले अघि थपे,‘प्रतिक्षालयमा बस्दा कुनै देशको प्रमुख वा सरकार प्रमुखसँग भेट हुनु के नौलो कुरा हो र ?’

 रावलले प्रधानमन्त्री प्रचण्डले उक्त भेटलाई त्रिदेशीय साझेदारी भनेर हल्ला फिँजाएको १२ घण्टा बित्न नपाउँदै भारत र नेपाल दुवै देशका विदेश मन्त्रालयले त्यसको खण्डन गर्नुले नेपालको कुटनीति र राष्ट्रियतामा झनै आँच आएको र बेईज्जती भएको टिप्पणी गरे ।

उनले भने,‘हिँड्दाहिँड्दै भएको भेटलाई हाम्रो प्रमले छाती फुलेर सिंह जत्रो भयो भन्नु भयो, तर म त सिंग भएको स्यालजस्तो देख्छु ।’ प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी त्यस्तो प्रतिक्रिया दिनु भनेको नेपालको कूटनीतिक मर्यादामा आँच पुर्याउने काम मात्रै भएको उनको गुनासो छ । प्रधानमन्त्री दाहालले हल्कापन देखाएर नेपालको कुटनीतिमा झन एक बक्सिंग हानेको उनको भनाई थियो ।

उनले आफू संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन जाँदा विश्वका धेरै नेताहरुसँग बाटोमा हिँड्दाहिँड्दै भेट भएको र फोटो सेसन चलेको स्मरण गर्दै भने,‘मैले त्यतिवेला धेरै देशका प्रधानमन्त्री तथा राष्ट्रपतिसँग हात मिलाएको थिएँ, तर मैले त्यसलाई प्रचारको विषय बनाईंन, अमेरिकी राष्ट्रपति बराक ओबामासँगपनि भेट भएको थियो, खोई मैले त्यसलाई प्रचार गर्न आवश्यक ठाँनिन् ।’

उनले प्रधानमन्त्रीको सचिवालयले प्रतिक्षालयमा भएको भेटलाई त्रिदेशीय साझेदारीमा समझदारी भयो भनेर प्रचार गरेको केही घण्टा वित्न नपाउँदै नेपालकै परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गर्नु कुटनीतिक असफलता भएको दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डले भ्रमण सकेर स्वदेश फर्कने क्रममा आफूले देशकै लागि गर्व गर्ने काम गरेको भएपनि नेपालका मिडियाले आफूलाई गाली गरेको भनेर आक्रोश पोखेको उल्लेख गर्दै रावलले भने,‘प्रधानमन्त्रीजीले राम्रो काम गरेको भए अरु त परै जाओस्, हामी प्रतिपक्षी दल एमालेले पनि खुलेरै स्वागत तथा प्रशंसा गर्दथ्यो, अब तपाईले नै त्यस्तो काम गर्नुभयो अनि आलोचना नगरे के गर्नु त ?’

उनले दिल्लीबाट गोवा प्रस्थान गर्दा प्रधानमन्त्री दाहाल भुटानी प्रधानमन्त्रीसँग नै किन उडेका होलान् भन्दै प्रश्न समेत गरे । रावलले अघि थपे,‘उहाँ अरु देशको राष्ट्रपति र प्रधानमन्त्रीसँग किन सँगै जानुभएन, रुसका राष्ट्रपतिसँग किन उड्नुभएन ? दक्षिण अफ्रिकाका राष्ट्रपतिसँग किन उड्नुभएन ? अरु सँग नउडेर भुटानी प्रधानमन्त्रीसँग किन उड्नुभयो, कारण के परेछ ?’ उनले भुटानी प्रधानमन्त्रीलाई आफूले कमजोर भनेर चित्रित गर्न नखोजेको समेत स्पष्ट पारे । उनले अघि थपे,‘भुटान त संयुक्त राष्ट्रसंघ अन्र्तगर्तको ट्रस्टी हो, भुटानको पराष्ट्र नीति आदि ईत्यादी जुन हाम्रो प्रधानमन्त्रीले भारत जाँदा २५ बुँदेमा गर्न खोज्नुभएको थियो, तर… ’

रावलले प्रधानमन्त्री प्रचण्डले अघिल्लो भारत भ्रमणमा नेपाल र भारतवीच जारी भएको संयुक्त २५ बुँदे विज्ञप्तीमा भारतको विदेश नीतिलाई समर्थन गर्ने कुरा देशभक्त नेपालीहरुले अस्विकार गरिसकेको समेत बताए ।

उनले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ भित्रै तीनवटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने भएको उल्लेख गर्दै भने,‘चुनावको लागि यो सरकारले खोई त निर्वाचनको कार्यतालिका अघि सारेको ?’ उनले वर्तमान सरकारले चुनावको लागि योजनाहरु अघि नै नसारेको उल्लेख गर्दै अहिलेसम्म आफ्नो दलसँग कुनै छलफल नगरेको आरोप लगाए ।

यद्धपी उनले एक वर्षभित्रै तीन वटै निकायको चुनाव हुन सक्ने दाबी समेत गरे । 

उनले थपे,‘चुनाव गर्नको लागि निर्वाचन आयोग तयार छ, सूरक्षा निकाय तयार छ, हामी तयार छौं, चुनावको लागि विल संसदमा प्रस्तुत भएको छ, अनि चुनाव गर्न किन नसकिने ?’ यद्धपी उनले आफ्नो पार्टी निश्पक्ष, धाँधलीरहित चुनावको पक्षमा रहेको बताए । चुनावको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक परे आफ्नो दलले यसमा आवश्यक छलफल गर्ने तर वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा भने सहभागी नजनाउने रावलले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा