2026-07-09 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी

फागुन १, पर्सा | वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलीले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुबिना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेश गरेको कागजात समेत फर्जी रहेको दाबीसहित जाहेरी दर्ता गरेका हुन् ।


रिता भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी कीर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताएका छन्।

१२,८२७ दर्ता नं रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता तथा आश्वासन व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो