२४ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन

४ फाल्गुन २०८०, शुक्रबार ०८:११

फागुन ४, काठमाडौँ | निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ । 

महाशाखा प्रमुख भट्टराईले भने, “संविधान र ऐनको भावनाविपरीत दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने निर्णय भएको हो ।” उनले आयोगले ऐनविपरीत नाम हुने दललाई छुट्टाछुट्टै पत्राचार गरी निश्चित समय दिएर नाम परिवर्तन गर्न जानकारी गराउने बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख छ । दर्ता भएको समयमा किन रोकिएन प्रश्नमा सहसचिव भट्टराईले भने, “२०७२ सालअघि नै दर्ता भएका राजनीतिक दलमा यस प्रकारको समस्या देखियो ।”

संविधान जारी भएपछि पनि आयोगले दल दर्ताका लागि आह्वान गर्दा आयोगमा दर्ता कायम दलले पुनः दर्ता गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐन भने २०७३ मा मात्रै यो व्यवस्था आएको हो । आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लाने भएको छ । दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक गरेनन् । आयोगले ती दललाई जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लाने भएको छ । कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख भट्टराईले भने, “त्यस्ता ४१ दललाई अन्तिम पटकलाई भनेर एक पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।” 

आर्थिक वर्ष २०७८–७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ । आधुनिक नेपाल समाजवादी पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एक पटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 





 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्जमा रवि लामिछानेको स्वास्थ्य परीक्षण सस्तोमा आइफोन बेच्ने भन्दै ठगी गर्ने तिन जना पक्राउ जेलभित्र पनि पुरानै पेसामा फर्किए ‘भाइरल झाँक्री’ प्रकाश भुजेल ‘पुष्पा–२’को चार दिनको कलेक्सन कति ? लमजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु एनपिएलको प्लेअफ : शीर्ष स्थानको जनकपुरलाई सहज, लुम्बिनीलाई अन्य टिमको भर दुर्गा प्रसाईंसँग सीआईबीले लियो बयान अस्थिरता मच्चाउनेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए : ओली बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर रवि लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु : प्रचण्ड नुवाकोटमा २ छोरासहित युवतीको मृत्यु: परपुरुषसँग लागेको भन्दै श्रीमानले गर्थे कुटपिट व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री ओली काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला प्यालेष्टिनीहरुमाथि भइरहेको जनसंहारविरुद्धको अभियानमा प्रचण्ड-बाबुरामलगायतको हस्ताक्षर भैरहवामा खराब मौसमका कारण जजिरा, फ्लाइ दुबइ र थाई एयरको उडान स्थगित बनेपाबाट ५ सय ५८ ग्राम सुनसहित तीनजना पक्राउ विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री ओली रवि लामिछाने काठमाडौँ विमानस्थलमा, अब सिमरा हुदैँ वीरगन्ज लगिने इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न १५० जन्तीसहित पुग्दा बेहुली नै नआएपछि… कांग्रेसको निर्णय : बीआरआईबारे पुरानै अडान, गण्डकी प्रदेशसभामा थापाको नाम !