Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देश भ्रष्टहरूका लागि स्वर्ग भयो, ब्यवस्था फेरौं- कमल थापा

२०८०, ४ फाल्गुन शुक्रबार १०:१७

फागुन ४, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारिहरुको लागि स्वर्ग भएको बताउदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आबश्यकता औल्याएका छन् ।

आज पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए ।


अहिलेको मुलुकको समस्या समाधान ब्यक्ती परिबर्तनबाट सम्भब नभएको चर्चा गर्दै थापाले प्रणाली र ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।

भ्रष्टहरुले उन्मुक्ती पाउने ब्यबस्था लामो समय नटिक्ने भन्दै थापाले ब्यबस्था परिबर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए ।

ब्यबस्था परिबर्तनको पक्षधरहरु बीच मोर्चा निर्माण गरि आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

 सनातन हिन्दुराष्ट्र , राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको बाताबरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,राजाराम बर्तौला, श्याम घिमिरे लगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली