राम नारायण पंडित/कात्तिक ३, सिरहा । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ३, सिरहा । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं."/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संस्थालाई आत्मनिर्भर वनाउन उचित योजनाको आवश्कता: सासंद चौधरी

३ कार्तिक २०७३, बुधबार १२:५०


राम नारायण पंडित/कात्तिक ३, सिरहा । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का सासंद पदमनारायण चौधरीले बताएका छन । 

भवानी एकीकृत सामुदायीक विकास केन्द्र, धनगढी २ सिरहाको २१ औं साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले संस्था खोल्न सजिलो भएपनि त्यसलाई आत्मनिर्भर बनाउन उचित कार्ययोजनाको आवश्यकता भएको बताए । 

यसअघि केन्द्रले जिल्लाको दुरदराज गाँउहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य तथा बालकालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै सिरहा क्षेत्र नं. ४ का सासंद रामचन्द्र यादवले संस्थालाई त्यहि अवस्थामा पुर्याउन आफूले पनि सहयोग गर्ने बताए । 

जिल्लामा १०५० सामाजिक संस्थाहरु दार्ता रहेपनि वार्षिक १२५ नविकरण भईरहेको र त्यस मध्ये पनि थोरै संस्थामात्र कृयाशिल रहेको गैसस महासंघका जिल्ला अध्यक्ष गोविन्दराज विष्टले बताए । यतिको संस्थाहरुको विचमा भवानीले आफ्नो कार्यकालमा असल र सम्झना योग्य कामहरु गरेको बताए । कार्यक्रममा पत्रकार महासंघ सिरहाका सचिव जिवछ यादव, प्रेस चौतारी सिरहाका अध्यक्ष राम भरोसी महतो,  प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मणिलाल विश्वकर्मा लगायतकाले आ–आफनो धारणा राखेका थिए । 

संस्थाको अगुवाईमा सिरहाको दक्षिणी भेगका महेशपुर पिप्रा प्रध र पोखरभिण्डा गाविसमा हरुवाचरुवाको लागि १२ वाटा समूह निर्माण गरि २८० घरधुरीका हरुवा चरुवाहरुलाई मानव अधिकार महिला प्रजनन स्वास्थ्य बधुवा मजदुर मानव वेचविखन सुरक्षित बसाईसराई भूमि अधिकार र रोजगारी सम्वन्धमा सचेतना कार्यक्रमले निकै प्रभाव पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’