१९ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बल्ल लाग्यो घैंटोमा घाम, रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

१२ फाल्गुन २०८०, शनिबार ०८:२१

फागुन १२, रौतहट | लामो समय देखि तस्करीको जालो तोड्न रौतहट स्थित प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।

जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।

भारतबाट अबैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानिय भद्रभलादमी रोहवरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याएर बिक्रि गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आंध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेका थिए।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।

तस्करहरुले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहट लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरुमा अबैध रुपमा ल्याएर बिक्रि गर्दै आएका छन्।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठको पहलको स्थानीयले सराहना गरेका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ कति कमाए ३ दिनमा ? रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै, म्याद थपअघि पोखरामा सशक्त आन्दोलन गर्ने रास्वपाको तयारी दीपिका र रणवीरले राखे छोरीको नाम काठमाडौंमा हल्कादेखि मध्यम वर्षा, भोलिबाट मौसममा सुधार देखिने विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीमा भाईटिका ग्रहण गर्दै (हेर्नुहोस् फोटो/भिडियो) वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान विश्वकप लिग–टू: नेपाल अमेरिकासँग अलआउट, नेपाल ३७ रनले पराजित आज भाइटीका: उत्तम साइत बिहान ११ः३७ बजे यस्तो छ आजको मौसम पूर्वानुमान: बिभिन्न प्रदेशमा वर्षाको सम्भावना नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक