2026-07-09 02:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका ४ स्टार कलाकारको मृत्यु

फागुन १५, काठमाडौँ | भोजपुरी फिल्म उद्योगमा यति बेला शोकको स्थिति छ । एउटा दुर्घटनामा यस उद्योगले ४ उदीयमान स्टार कलाकार गुमाएको छ । 

मृत्यु हुनेमा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि छिन् । सञ्चार माध्यमहरुमा छापिएको समाचारअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो । चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ ।


मृत्यु हुनेमा भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक विमलेश पाण्डे र छोटु पाण्डे पनि छन् । जानकारीका अनुसार बिहारको कैमुरमा आइतबार साँझ देवकाली गाउँ नजिक जीटी रोडमा यो सडक दुर्घटना भएको थियो । सोमबार बिहान मात्रै मृतकहरूको सनाखत भएको थियो । त्यसपछि मात्रै प्रहरीले विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेको थियो ।  

आइतबार मोटरसाइकल, एसयूभी र ट्रक एक आपसमा ठोक्किएको थियो । यस घटनामा ९ जनाको मृत्यु भएको थियो । अधिकांशको मृत्यु घटनास्थलमै भएको बताइएको छ । 

भोजपुरी सिनेमाका पावर स्टार भनेर चिनिन अभिनेता तथा गायक पवन सिंहले एउटा पोष्ट गर्दै मृत्यु भएका सबै स्टारलाई श्रद्धाञ्जली दिएका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि यस दूर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू