१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्कीको महाअभियोग संसदमा पेश नै नभई संसद् बैठक ३ दिनका लागि स्थगित

४ कार्तिक २०७३, बिहीबार ०८:०८

कार्तिक ४, काठमाडौं । महाअभियोग प्रस्ताव बारे छलफल गर्न बोलाएको आजको व्यवस्थापिका संसद्को बैठक बस्दै नबसी ३ दिनका लागि स्थगित भएको छ । 

बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएकामा सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन  गरेको संसद् सचिवालयको सूचनामा जनाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार दर्ता भएको महाभियोगका प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेकामा राजनीतिक दलबीच परामर्श जारी रहेकाले बैठक स्थगन भएको हो । 

नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम महेन्द्रबहादुर शाही सहित १५७ सांसद्हरुले दर्ता गरेको महाअभियोग प्रस्तावमाथि आज छलफल हुने कार्यसूची रहेको थियो ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का