कात्तिक ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्ताव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्ताव"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोग प्रस्तावको पक्षमा माओवादीले काँग्रेससँग सहयोग माग्ने

२०७३, ४ कार्तिक बिहीबार ०८:३२


कात्तिक ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा सत्ता साझेदार नेपाली काँग्रेससँग सहयोग माग्ने भएको छ । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रको कार्यालयको बैठकमा महाअभियोगबारे काँग्रेससँग थप छलफल गरेर निर्णय लिने सहमति भएको प्रवक्ता पम्फा भुसालले  जानकारी दिईन । 

भारतको गोवामा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) र ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले जनाएको सहभागिता उपलब्धिमूलक भएको माओवादी केन्द्रको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले  बताइन । 

उनले भनिन– “आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनुभयो । चीन, भारत, भुटान, श्रीलङ्कालगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँगको आफ्नो भेट र छलफलबारे बैठकलाई जानकारी गराउनुभयो ।” 

ती भेट तथा छलफल निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ । 

नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भेटवार्ता नेपालका लागि सुखद संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले जानकारी दिईन । 

सो भेटवार्तामा त्रिदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दूरगामी महत्वको भएको बैठकले ठहर गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा