Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा

२०८०, १९ फाल्गुन शनिबार ०६:५६

फागुन १९, ढोरपाटन | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन त्यहाँ पुगेका छन्। उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै  गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य छ। पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तब्यका रूपमा विकास गरिने आयोजकले बताएका छन्।

यही फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ। पञ्चकोटमा रु ५० करोड बराबरको लगानीमा धार्मिक संरचना निर्माण भएका छन्। सञ्चालित ब्रह्माण्डीय महायज्ञबाट सङ्कलन भएको रकमबाट निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली