१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार पुनर्गठन : पहिलो चरणमा पदम, हितबहादुर र डीपी मन्त्री बन्दै

२१ फाल्गुन २०८०, सोमबार ०७:४२

फागुन २१, काठमाडौं | सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।

नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाउने तयारी छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सार्ने भएको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।


रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बन्ने सम्भावना बलियो छ । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए । उनलाई सभापति रवि लामिछानेले तयारी अवस्थामा रहन भन्दै फोन गरेका छन् । रवि आफैँ पनि सरकारमा जाने तयारीमा छन् । तर, पहिलो चरणमा उनले डीपीलाई पठाउन लागेका हुन् ।

आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह