Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जब नारायणकाजी श्रेष्ठ बालकोट पुगेर गृहमन्त्रीमा दोहोरिने इच्छा गरे…

२०८०, २२ फाल्गुन मंगलवार ११:१९

फागुन २२, काठमाडौं | एमाले नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै चार राजनीतिक दलहरु मन्त्रालय बाँडफाँट र आन्तरिक गृहकार्यमा जुटेका छन्। चार दलबीच सोमबार साँझ ८ बुँदे सहमति भएपछि अन्य दललाई भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र लोसपा लगायतका दलसँग संवाद जारी राखेका छन्। 

नयाँ सत्ता समीकरण बनेसँगै कुन दलले कुन मन्त्रालय बनाउने र को-को मन्त्री हुने खाँका तयार हुन बाँकी रहेको छ। मन्त्री हुन चाहने नेताहरुले आन्तरिक दौडधुप जारी राखेका छन्।


यसैबीच मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी केन्द्रका उपाध्यक्ष एवम् निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ बालकोट पुगेका छन्। ओलीलाई भेट्न नारायणकाजी बालकोट गएको र उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको एमाले र माओवादीका फरक फरक स्रोतले पुष्टि गरेका छन्।

भेटमा श्रेष्ठले आफूलाई पुन: गृहमन्त्री बनाउन ओलीसमक्ष प्रस्ताव राखेका छन्। सोमबार बालुवाटारको बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा एमालेका अध्यक्ष ओलीलाई दिएका थिए। बालुवाटार बैठकमा रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन्। 

श्रेष्ठनिकट स्रोतका अनुसार ओलीसमक्ष नारायणकाजीले पुन: गृहमन्त्री मागेपछि जवाफमा ओलीले गृह वा अर्थ मन्त्रालयमा एमालेको हो, अर्थमन्त्री माओवादी केन्द्रले लिँदा गृह मन्त्रालय एमालेकोमा पर्छ। यद्यपि रास्वपाले पनि गृह मन्त्रालयको दाबी गरिरहेको जानकारी गराएका थिए। श्रेष्ठले गृह नभए अर्थमन्त्री बनाउन आग्रह गरेपछि ओलीले माओवादीको भागमा रहेकाले स्वयम् प्रचण्डसँग छलफल गर्न आग्रह गरेको स्रोतको भनाई छ।

मन्त्रालयको विषयमा ओलीले भने स्पष्ट जवाफ नदिएपछि श्रेष्ठ फर्किएका छन्। मुख्य दुई दलबीच कुन मन्त्रालय कसले लिने औपचारिक टुंगो नलागेका कारण नै सोमबार ३ जना विना विभागीय मन्त्रीका रुपमा सपथग्रहण भएको छ। 

यता एमाले महासचिव शंकर पोखरेलका अनुसार अन्य दलसँग कुरा गरेर संवाद अगाडि बढाउने र गठबन्धनमा आवद्ध दलहरुको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिए। ‘भर्खरै ४ दलबीच सहमति भएको छ। यो प्रक्रियासँग सहमत हुने अन्य दलसँग पनि संवाद गर्छौं। अनि मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं। सरकारलाई प्रभावकारी काम गर्न न्यूनतम साझा कार्यक्रम तय गर्छौं।‘सोमबार साँझ पोखरेलले भने,‘गठबन्धनमा नेकपा एकीकृत समाजवादी, लोसपालगायतका दलसँग संवाद अगाडि बढाएका छौं। सम्माननीय प्रधानमन्त्रीज्यूले विभिन्न दलका नेतालाई पनि भेटिरहनु भएको छ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली