2026-07-09 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल

फागुन २३, काठमाडौँ | नेकपा एस (एकीकृत समाजवादी) का  नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन्।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन्। नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए। उनले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए।  

एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो। उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे। सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताए।


उनले भने, ‘अब हामी खास अवस्थामा बिद्रोह गरेर अलग पार्टी बनायौं। यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाख भन्दा बढी पार्टी सदस्यहरु भएको पार्टी थियो। दुई तिहाई बहुमत संघीय संसदमा थियो। देशका ६ वटा प्रदेशहरुमा हामीसँग पर्याप्त बहुमत थियो। र तलपनि पालिकाहरुमा ७५३ वटा पालिकाहरुमा ४५४ पालिकामा हाम्रो बर्चश्व थियो। यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो। आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरु हुन्। र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ। म त्यो सबैलाई आह्वान गर्छु। कमजोरी सबैका भएका छन्। ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो। तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न। हामीले आजको आवश्यकतामा एकतावद्ध हुँदै क्रमश: विगतका कुराहरुको पनि समिक्षा गर्दै हामी अगाडि बढ्न थाल्यौँ भने  बिस्तारै एकताका आधारहरु फैल्दै जान्छन्, बिस्तार हुँदै जान्छन्। र नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन। नेताहरुमा भए जुन आग्रह हुन, पूर्वाग्रह हुन। इगोहरु हुन्। यी चिजहरुलाई अन्त्य गर्नुपर्छ। इगो, आग्रह र पूर्वाग्रह भनेको माक्र्सवाद होइन। त्यो निम्न पूँजीवाद हो। निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, माक्र्सवादी दृष्टिकोण मात्र बाँकि रहन्छ। अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन्। त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ। र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ। र हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन। अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र। तर एकता भनेको अंकमाल गरेर चाहीँ हुँदैन। एकता भनेको रमाईलोसँग भेटघाट लड्डु आदि इत्यादी खाएर हुँदैन। एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू