2026-07-09 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई सांसद चौधरीको सुझाव– सहयात्री सुतिरहँदा छोडेर नहिँड्नुहोला

फागुन २४, काठमाडौँ | एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रत्येकपटक सहयात्री दलहरूले थाहै नपाई साथ छोड्ने बानी प्रधानमन्त्रीले फेर्न आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले आफ्नै सहयात्री दललाई थाहै नदिई प्रधानमन्त्रीले गठबन्धन छाड्दै हिँड्नु राम्रो नभएको बताए । 


‘तपाईंको उन्नति–प्रगति भइराखोस्, तर हामी साथमै छौँ, कतिखेर छुटेको थाहै हुँदैन । सुतिरहेका हुन्छौँ, उठ्दा हामीलाई छाडेर उहाँ अन्तै पुगिसक्नुभएको हुन्छ,’ उनले भने, ‘अबदेखि यस्तो काम नगर्नुहोला ।’ 

उनले आफ्ना नेता माधवकुमार नेपालले पनि पटकपटक धोका पाएको संकेत गरे । ‘बिचरा माधव नेपालजस्तो असल नेताले जहिल्यै प्रचण्डको बखान गर्नुहुन्छ । सधैँ प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भनिरहनुहुन्छ । उहाँलाई पनि थाहै हुँदैन । उहाँ सुतिराखेको वेला छुटेको थाहै हुँदैन । यस्तो कसैले गर्नुहुँदैन,’ उनले भने । 

उनले प्रधानमन्त्रीमा रहेको देश निर्माणको हुटहुटी र वाम ध्रुवीकरणको अभिभारा पूरा होस् भन्ने कामना पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू