2026-07-09 02:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौंको परिवर्तनले सातै प्रदेशका सरकारलाई धक्का दिएको छ : सांसद डा. राउत

फागुन २४, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रातारात काठमाडौंमा हुने सत्ता परिवर्तनको प्रभाव एकसाथ सातै प्रदेशमा हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राउतले भने, ‘सिंहदरबारको परिवर्तनले सातै प्रदेशका सरकार एकैपटक गर्ल्यामगुर्लुम ढल्ने अवस्था आउँछ । जनताले यातना भोग्नुपर्ने, जनताले घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ । यसतर्फ विचार गरियोस् ।’ 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने गरी आफ्नो पार्टीले अघि सारेको नौलो गणतन्त्रले नै अहिलेको समस्याको समाधान दिने विचार व्यक्त गरे । 

‘यो व्यवस्था पर्याप्त छैन भन्ने कुरा अहिलेको घटनाक्रमले पनि देखाएको छ । योभन्दा अगाडि जाने ठाउँ छ भनेर जनमत पार्टीले नौलो गणतन्त्र सामाजिक व्यवस्थाको प्रस्ताव गरेको छ । त्यसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ,’ उनले भने, ‘त्यसो हुन्थ्यो भने अहिलेका प्रधानमन्त्री यता र उता दौडधुप गरिरहनुपर्ने थिएन । ढुक्कले पाँच वर्ष काम गर्न सक्नुहुन्थ्यो ।’ 

सांसद राउतले मन्त्रीहरूले कुनै काम नगरिरहेको भन्दै बरु विज्ञहरूको समूहलाई मन्त्रालय चलाउने जिम्मा दिनु उपयुक्त हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू