2026-07-09 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण

फागुन २७, काठमाडौँ | राप्रपाका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आइतबार बिहान आक्रमण भएको नेता दीपकबहादुर सिंहले जानकारी दिए । 


सिंहका अनुसार आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका छन् । आक्रमणपछि उनीहरू फरार रहेका छन् । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए । 

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो । 

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए । त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू