2026-07-09 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्।

मतदानमा ५६ जना उपस्थित थिए। नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत मात्रै परेको थियो।

सभाको सञ्चालन गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी छिन्।


दाहालअघि अर्का उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भएको थियो। निर्वाचन प्रक्रियामा सहभागी ५६ मध्ये उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो।

राष्ट्रिय सभामा हुनुपर्ने ५९ सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ। राष्ट्रिय जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने (नो भोट) निर्णय गरेको राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्माले छलफलका क्रममा बोलेका थिए। त्यस्तै अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले मतदानमा भाग लिएकी थिइनन्।

अध्यक्षमा निर्वाचित भएका दाहाल २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए। उनी माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा पनि सहभागी भएका थिए।

२०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसदको सदस्य भएर उनले संसदीय अभ्यास सुरु गरेका थिए। त्यसपछि उनी २०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा चितवन- ३ बाट निर्वाचित भएका थिए। उनी २०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू