Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिथिलतामा रहेको अर्थतन्त्रलाई लयमा फर्काएँ : डा. महत

२०८०, २९ फाल्गुन मंगलवार ०९:२६

फागुन २९, काठमाडौं | पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिथिलतामा रहेको अर्थतन्त्रलाई आफूले लयमा फर्काएको जिकिर गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयको जिम्मेवारी लिँदा अर्थतन्त्रका सबै सूचक शिथिल रहेको उल्लेख गरे । त्यसलाई लयमा ल्याउन आफू निरन्तर लागिपरेको उनले बताए । सोही कारण सबै सूचक अहिले लयमा फर्किएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक हेर्दा पनि त्यो पुष्टि हुने उनले बताए । आफूले मन्त्रालयमा सम्हाल्दा बैंकको ब्याजदर अत्यधिक रहेको उनले उल्लेख गरे । धेरै कसरत गरेर मौद्रिक नीतिलाई फितलो बनाएपछि अहिले बैंकको ब्याजदर घट्ने क्रममा रहेको डा. महतले बताए ।


बजेटरी सिस्टममा देखिएको समस्या समाधान गर्न आफूले सक्दो मिहिनेत गरेको उनले सुनाए । “भन्नको लागि मात्र सुशासन होइन, त्यो गर्नपर्छ भन्ने हिसाबले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले काम गरेका थियौँ,” उनले भने, “के त्यो गर्नु गलत हो ?”

मुलुकमा लगानीमैत्री वातावरण बनाउन कानुनदेखि नीतिगत सुधारका निम्ति आफूले काम गरेको उनले बताए । औसतभन्दा राम्रो काम नभएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रम मात्र सिर्जना गरेको उनको भनाइ छ ।

“हाम्रो साधन र स्रोतलाई जथाभावी खर्च गर्नु हुँदैन, त्यसो गर्दा फेरि समस्या निम्तिन्छ । हामीले सबै क्षेत्रमा देश र जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम गरेका थियौँ,” डा. महतले भने, “हाम्रो कारणले उपलब्धि भएन भन्ने हामी ठाडो अस्वीकार गर्छौँ । त्यो सबै कपोकल्पित आरोप मात्र हो ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली