१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

हत्या आरोपित दुई नेता एमालेबाट निष्कासित

५ कार्तिक २०७३, शुक्रबार ०७:२४

कात्तिक ५, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । 

धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए । 

अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफैले गरेको बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो । 

गत असोज १८ गते धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ ५ बजेतिर घर जान्छु भनेर हिँडे पनि घर नपुगेपछि आफन्तले खोजतलासको निम्ति जिप्रकामा निवेदन दिएका थिए । 

सोहीअनुसार असोज १९ गतेदेखि स्थानीय, आफन्तजन र प्रहरीको टोलीले भुसालको खोजी अभियानलाई तीव्र पारेको थियो । 

खोजतलासका क्रममा कल्पनाको हत्या भएको हुनसक्ने र हत्यामा संलग्न रहेको आशङ्कामा असोज २२ गते धनचौर–५ निवासी खेमराज भुसाल र निजका छोरा गणेशकुमार भुसाललाई जिप्रका, अर्घाखाँचीले हिरासतमा लिई घटनाको थप अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेलको नेतृत्वमा खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असोज २४ गते दिउँसो जलुके गाविस–२ को छेकुवा जङ्गल नजिकै झिमरुक नदीमुनि राप्ती नदीको किनारमा कल्पनाको मृत शरीर भेटाएको थियो । 

अभियुक्त दुवैजनालाई जिप्रका, अर्घाखाँचीमा थुनामा राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिप्रका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी