कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्कीको सरकारी सुविधा रोक्न माग गर्दै सर्वोच्चमा निवेदन

५ कार्तिक २०७३, शुक्रबार ०९:४६

कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले आज दिउँसो सर्वोच्च अदालतमा कार्कीलाई राज्यले दिँदै आएको सेवा सुविधा तत्काल रोक्न अन्तरिम आदेशको माग गर्दै पूरक निवेदन दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतमा कार्कीको नियुक्तीको विषय विचाराधीन रहेको र सदमा एक चौथाइ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गरेपछि कार्कीलाई प्रमुख आयुक्तको हैसियतले कार्यसम्पादन गर्न रोक मात्र लगाइएको तर आफूले उनलाई निलम्बन नै गर्न माग गरेको अर्यालले बताए । उनले पुनरावेदन निवेदनकै अंशको रुपमा यो निवेदन पनि दायर  गरेका हुन् ।

लोकमानले उक्त पदमा रहे अथवा सरकारी सुविधा पाइरहे आफूविरुद्धका प्रमाण नष्ट गर्न सक्ने जिकिर उनले गरेका छन् । निलम्बित कार्कीलाई अख्तियारकै आवासलगायत साविकको सुविधा उपभोग गर्ने छुट दिए मुद्दामै प्रभाव पर्ने गरी प्रमाण नष्ट गरिसक्ने अर्यालको दावी छ ।

'लोकमानसिंह कार्कीज्यूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदको अधिकार वा हैसियत प्रयोग गर्न नपाउने गरी निलम्बन गर्न, सो पदको जिम्मेवारी वहन गर्न नपाउने, निजले पाई रहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि सुविधा प्रयोग गर्न नपाउने गरी तत्काल अन्तरकालिन आदेश जारी गरि पाउँ,' निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का