कात्तिक ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साँढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमान सिंह कार्की"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साँढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमान सिंह कार्की"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लोकमानको मुद्दा टुँगो लगाउन साँढे दुई महिना लाग्छ’

२०७३, ५ कार्तिक शुक्रबार ११:०४

कात्तिक ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साँढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद विडारीले अबको साँढे दुई महिनाभित्रै यो प्रस्तावले पूर्णता पाउने दाबी गरेका हुन् । उनले अघि थपे,‘सामान्यतः ३० दिनसम्म यो प्रस्तावबारे महाअभियोग प्रस्ताव समितिमा छलफल हुन्छ, संसदमा ५९५ जना सांसदहरुले बोल्न पनि सक्छन्, सबैले बोल्दा केही समय लाग्ला ।’

आयोजित साक्षात्कारमा बोल्दै विडारीले सरकार परिवर्तनको उद्देश्यले यो प्रस्ताव नआएको समेत जिकिर गरे । उनले अघि थपे,‘बजारमा माओवादीले एमालेसँग प्रस्ताव ल्यायो भनेर सरकार ढाल्न लाग्यो भन्ने हल्ला समेत फिँजाए, तर यसमा कुनै सत्यता छैन, यो त विशुद्ध संवैधानिक अंगका प्रमुखले अदालतलाई गरेको अपमानको विरुद्धमा ल्याईएको प्रस्ताव हो ।’

अख्तियार प्रमुख कार्कीले स्वतन्त्र न्यायपालिकालाई खिल्ली उडाउने काम गरेकोले जनताको पक्षमा आफूहरुले यो प्रस्ताव ल्याएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो