कात्तिक ५, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले आयोगको गरिमामै प्रश्न चिन्ह खडा पार्ने काम गरेको, राष्ट्रसेवक कर्मचारीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले आयोगको गरिमामै प्रश्न चिन्ह खडा पार्ने काम गरेको, राष्ट्रसेवक कर्मचारीह"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड, देउवा र ओलीको सहमतिमा प्रस्ताव आएको हो: ढकाल

२०७३, ५ कार्तिक शुक्रबार ११:२०

कात्तिक ५, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले आयोगको गरिमामै प्रश्न चिन्ह खडा पार्ने काम गरेको, राष्ट्रसेवक कर्मचारीहरुमाथि पदीय दुरुपयोग गरेर व्यक्तिगत रिसीविई साँधेको र देशमा समानन्तर सरकार चलाएको आरोप लगाउँदै आफूहरुले बाध्य भएर महाअभियोग प्रस्ताव ल्याएको दाबी गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ढकालले महाअभियोग प्रस्ताव प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीवीच छलफल भएर नै आएको समेत दाबी गरे । 

उनले अघि थपे,‘यो प्रस्ताव आउनुभन्दा अघि तीन दलका नेताहरुवीच पर्याप्त छलफल भएको थियो, काँग्रेसको केन्द्रिय समितिको बैठक बस्ने भएकोले संस्थागत निर्णय गर्ने बाध्यताले होला भन्ने हामीलाई लागेको छ ।’

उनले सत्तासँग जोडेर यो प्रस्ताव नआएको समेत दाबी गरे । ढकालले थपे,‘यो प्रस्ताव विशुद्ध अख्तियार प्रमुखको गलत र ज्यादतीको विरुद्धमा आएको हो, यसलाई गलत रुपमा बुझ्नुहुँदैन ।’ उनले प्रस्ताव पवित्र उद्देश्यले ल्याईएको समेत दाबी गरे ।

प्रस्तावलाई निर्णायक बनाउनको लागि काँग्रेस लगायतका सबै दलहरुसँग सहमति हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाई थियो । ढकालले थपे,‘निर्णायक स्थितिमा यो प्रस्ताव पुग्छ, काँग्रेस पनि यो प्रक्रियाबाट विमुख हुन सक्दैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा