२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा ८ देखि ११ वटा स्थानीय तह बन्ने

२०७३, ६ कार्तिक शनिबार ०६:४५

कृष्ण कँडेल/कात्तिक ६, बागलुङ । नयाँ मापदण्ड अनुसार बागलुङमा ११ वटा स्थानीय तह बनाउन स्थानीय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले प्रश्ताव गरेको छ । 

मुख्य राजनैतिकदलले ईलाकालाई समेत आधार बनाएर संख्या बढाउने सहमति अनुसार मापदण्ड संसोधन भएपछि आबश्यक परे बागलुङमा ३ वटा स्थानिय निकाय थप्न सकिने आयोगले जनाएको छ । बागलुङमा यसअघि ८ वटा मात्रै स्थानिय निकाय बनाउन सिफारिस गरिएको थियो । 

नयाँ मापदण्ड आएपछि जिल्लामा छलफल गरेर आउने निष्कर्ष आयोगमा पठाईने स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताए । स्थानिय निकाय निर्धारणका लागि जिल्ला प्रविधिक समितिका संयोजक समेत रहेका अचार्यले राजनैतिक दल र सरोकारवालासँग छलफल गरेर जिल्लाका सवै नागरिलाई अधिकतम सहजता हुने गरि काम हुने बताए । 

बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका बनाउनुपर्ने स्थानिय राजनैतिक दलले माग गरेका छन् । जिल्ला प्राविधिक समितिले यस अघि भने गाउँ पालिका प्रश्ताव गरेको थियो । 

प्राविधिक समितिको सिफारिस नमान्नै भन्दै स्थानियले १० नम्बर ईलाकालाई समेटेर बुर्तिबाङलाई केन्द्र बनाई नगरपालिका बनाउनुपर्ने निर्णय सहित दवापका लागि सांसद ज्ञानकुमारी छन्त्यालको संयोजकत्वमा सर्वदलिय डेलिकेशन समिति गठन भएको छ । त्यस्तै राङखानी र पैयूँथन्थापका नागरिकले आफुहरुलाई बरेङ जान असहज हुने भन्दै कुस्मिसेरा केन्द्र हुने जैमुनिघाट गाउँ पालिकामा राख्नुपर्ने माग गरेका छन् । 

खर्बाङ सहितका केहि गाविसले बढीघाट गाउँपालिकाको केन्द्र ग्वालीचौर नभई खर्बाङ हुनुपर्ने माग गर्दै सडक आन्दोलन नै गरेका थिए । नयाँ मापदण्ड अनुसार प्रदेश नम्बर–४ को म्याग्दीमा ३ देखि ६, पर्वतमा ४ देखि ७, मुस्ताङमा ३ देखि ५, कास्कीमा ५ देखि ६, गोरखामा ८ देखि ११, लम्जुङमा ४ देखि ८, मनाङमा ३ देखि ५, स्याङ्जामा ८ देखि ११, तनहुँमा ९ देखि १२ र नवलपरासीमा  ११ देखि १५ वटा स्थानिय निकाय बनाउन सकिने आयोगले प्रस्ताव गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश