कात्तिक ६, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै दल जिम्मेवार हुनुपर्नेमा जोड

२०७३, ६ कार्तिक शनिबार ०९:२४

कात्तिक ६, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा देशमा निर्णायक महत्व राख्ने राजनीतिक दलले साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ । 

एमाले बल्खु टोल कमिटीले आज विभिन्न पर्वका उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमममा उहाँले सो प्रस्ताव कसले राख्यो भन्दा पनि विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै सो विषयमा संसद्मा धेरै दलका धेरै विचार आए पनि ठूला दल विमुख हुन नहुने बताउनुभयो । 

उहाँले आइतबार संसद्मा सभामुखले सो विषयमा छलफलका लागि दिन तोक्ने र। छलफल तथा सिफारिस समितिमा अभियुक्तका राय लिने प्रक्रिया पूरा गर्दा करिब डेढ महिनामा प्रस्तावले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । 

सांसद यज्ञराज सुनुवारले मुलुकमा कानुनी शासनलाई कायम राखी लोकतन्त्रलाई संस्थागत गर्न सबै दलका नेता जिम्मेवार रहेको बताउँदै सो प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित हुने विश्वास व्यक्त गर्नुभयो । 

पार्टीका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले सो विषय संवेदनशील रहेकाले सबै दल जिम्मेवार भई निर्णय लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष धर्मशङ्कर घिमिरेले दसैँ, तिहार, चित्रगुप्त पूजा, नेपाल संवत्, छठ, ल्होसार, उधौलीलगायत विशेष महत्वका नेपाली चाडपर्वले सामाजिक सद्भाव कायम राख्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन