कात्तिक ६, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै दल जिम्मेवार हुनुपर्नेमा जोड

६ कार्तिक २०७३, शनिबार ०९:२४

कात्तिक ६, काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा देशमा निर्णायक महत्व राख्ने राजनीतिक दलले साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ । 

एमाले बल्खु टोल कमिटीले आज विभिन्न पर्वका उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमममा उहाँले सो प्रस्ताव कसले राख्यो भन्दा पनि विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै सो विषयमा संसद्मा धेरै दलका धेरै विचार आए पनि ठूला दल विमुख हुन नहुने बताउनुभयो । 

उहाँले आइतबार संसद्मा सभामुखले सो विषयमा छलफलका लागि दिन तोक्ने र। छलफल तथा सिफारिस समितिमा अभियुक्तका राय लिने प्रक्रिया पूरा गर्दा करिब डेढ महिनामा प्रस्तावले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । 

सांसद यज्ञराज सुनुवारले मुलुकमा कानुनी शासनलाई कायम राखी लोकतन्त्रलाई संस्थागत गर्न सबै दलका नेता जिम्मेवार रहेको बताउँदै सो प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित हुने विश्वास व्यक्त गर्नुभयो । 

पार्टीका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले सो विषय संवेदनशील रहेकाले सबै दल जिम्मेवार भई निर्णय लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष धर्मशङ्कर घिमिरेले दसैँ, तिहार, चित्रगुप्त पूजा, नेपाल संवत्, छठ, ल्होसार, उधौलीलगायत विशेष महत्वका नेपाली चाडपर्वले सामाजिक सद्भाव कायम राख्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का