कात्तिक ६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ’

२०७३, ६ कार्तिक शनिबार ११:०१

कात्तिक ६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन् ।

आयोजित साक्षात्कारमा सांसद मोदीले सार्वभौम संसदमा उक्त प्रस्ताव दर्ता भैसकेकोले हचुवाको भरमा उक्त प्रस्ताव फिर्ता हुनै नसक्ने समेत ठोकुवा गरे ।

उनले अघि थपे,‘महाअभियोगको प्रस्ताव फिर्ता हुन्छ वा लिने हल्ला चलाईएको छ, यो गलत कुरा हो, सार्वभौमसत्ता सम्पन्न संसदको क्षेत्रको कुरा हो, यो विषयमा संसदमा छलफल हुन्छ ।’ यद्धपी उनले आफ्नो पार्टी अहिले नेपाली काँग्रेससँगको गठबन्धनको सरकारमा भएकोले काँग्रेसको निर्णय आएपछि मात्रै पार्टीले पनि आधिकारिक निर्णय बाहि ल्याउने जनाए ।

उनले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पारे । त्यस्तै उनले महाअभियोग सिफारिश समिति लोकमानकै लागि भनेर गठन नगरिएको समेत प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन