१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानलाई महाअभियोग लगाउन प्रस्ताब गर्ने सांसदलाई ‘सिध्याइदिने’ धम्की

७ कार्तिक २०७३, आईतवार १५:०७

कात्तिक ७, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने माओवादी सांसद महेन्द्रबहादुर शाहीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

संसद शाहीले अज्ञात नम्बरबाट आफूलाई टेलिफोनमा लोकमानविरुद्ध किन प्रस्ताव दर्ता गरिस्, प्रस्ताव फिर्ता नलिए तँलाई सिध्याइदिन्छौं भनेर धम्की दिएको बताएका छन् ।

धम्कि पछी शाहीले उल्टो झपारेका बताए । उनले धम्की दिने व्यक्तिलाई लुकेर फोन नगर्न र हिम्मत भए परिचय सहित आउन भनेको बताए । 

संसद शाहीले अदुवा प्रमुख लोकमानले लोकतन्त्र, गणतन्त्र, अहिलेको नयाँ संघीय संविधान निर्माण र कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निभाएकालाई नै टार्गेट गर्दै काम गरेको कारण यस्तो प्रवृत्तिले देशको स्थिति नकारात्मक मोडमा जाने भएकोले महाअभियोग दर्ता गरेको र कुनैपनि हालतमा फिर्ता नलिने बताए । उनले भने 'महाअभियोग लगाउनु धेरै ढिला भयो, पहिले नै लगाउनु पर्थ्यो ।' शाहीले आफ्नै पार्टीले समेत आफुलाई साथ दिन हिच्किचाएको खुलाशा गरे । उनले सिंगै नेपाली जनता लोकमानमाथि कारवाही हुनुपर्ने पक्षमा रहेको अनूकुल बेलामा समेत माओवादी पार्टीले महाअभियोगका पक्षमा खुलेर निर्णय गर्न नसक्नु र धर्मराउन दुःखद पक्ष भएको बताए । उनले आफ्नै दलमाथि प्रश्न गरे- ‘यस्तो बेलामा पनि पार्टीले निर्णय लिन सक्दैन भने कहिले निर्णय लिन्छ ?’

सांसद शाहीले लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पार्टी नेतृत्वको रक्षाकै निम्ति चालिएको शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का