कात्तिक ८, भक्तपुर । नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका-सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, भक्तपुर । नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका-सं"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोगको विपक्षमा जानेलाई जनताले माफ गर्दैनन्: राई

८ कार्तिक २०७३, सोमबार १०:४१


कात्तिक ८, भक्तपुर । नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा कुनै पनि राजनैतिक दल जान नसक्ने बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता राईले महाअभियोगका पक्षमा जनमत रहेकाले यसकाबिरुद्ध कुनै पनि दल जान नसक्ने बताए । 

उनले महाअभियोगका विपक्षमा जाने दललाई जनताले माफी नदिने बताउँदै “यदि कुनै राजनीतिक दलले त्यस्तो निर्णय लिएमा त्यो दललाई नेपाली जनताले कारबाही गर्छन् र जनस्तरबाट सजाय दिन्छन् उनले भने ।” 

नेता राईले काँग्रेसले समेत महाअभियोगको पक्षमा निर्णय लिने विश्वास व्यक्तगर्दै विभिन्न शक्ति केन्द्र संविधान कार्यान्वयन हुन नदिन सक्रिय भएको र सरकार त्यसको चङ्गुलमा फस्दै गएको आरोप लगाए । 

एमाले नयाँ सत्ता समीकरणमा नलागेको स्पष्ट पार्दै उनले संविधानको सफल कार्यान्वयन र तोकिएको समयमा कसरी निर्वाचन गर्ने भन्ने सवालमा एमाले चिन्तित रहेकोबताए । 

नेता राईले प्रधानमन्त्री दाहालले आफू चौघेरामा घेरिएको भनाइ सार्वजनिक गर्नु देशकै लागि घातक साबित हुन सक्ने बताउँदै उनि के कारणले चौघेरामा परेका हुन् त्यसबारे जनतालाई जानकारी दिनुपर्ने बताए । 

संविधान गतिशील र समयको अवश्यकताअनुसार संशोधन गर्न सकिने भएपनि औचित्य बिनाको संशोधन एमालेका लागि स्वीकार्य नभएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का