कात्तिक ८, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसकै सहमतिमा महाअभियोग प्रस्ताव आएको हो: मन्त्री शर्मा

२०७३, ८ कार्तिक सोमबार १०:५१

कात्तिक ८, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे । उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाईएको छ, यी भ्रमात्मक कुराहरु हुन्, हामी यो गठबन्धनलाई बलियो बनाउनको लागि गम्भिर छौं, यसबारेमा काँग्रेस र हामीवीच छलफल भैरहेको छ ।’

उनले महाअभियोग प्रस्ताव आफ्नो पार्टीले ल्याएको उल्लेख गर्दै थपे,‘या प्रस्ताव हामीले ल्याएको हो, एमालेले त समर्थन मात्रै गरेको हो, हामी एमालेको पछि लागेको होईन, एमाले चाहीँ हाम्रो पछि आएको हो, एमालेले चाहँदैमा यो गठबन्धन टुट्दैन्, त्यसैले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाउन लागे भनेर हाउगुजी नचलाए हुन्छ ।’

आयोजित साक्षात्कारमा मन्त्री शर्माले महाअभियोग प्रस्ताव प्रक्रियामा गैसकेकोले यो दुई तिहाई भन्दा बढि मतले पारित हुने र लोकमान हटाउने समेत दाबी गरे । उनले भने,‘यो प्रस्ताव तीन वटै पार्टीका प्रमुखहरुवीच छलफल भएर आएको हो, यसमा कसैले शंका नगरेपनि हुन्छ, हाम्रो अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो, छलफल नै नभईकन प्रस्ताव आयो भन्नु गलत हो, काँग्रेसको सहमतिमै यो प्रस्ताव आएको हो ।’

अख्तियार प्रमुख कार्कीले मुलुकमा समानान्तर सरकार चलाएको आरोप लगाउँदै मन्त्री शर्माले थपे,‘लोकमानले पदको दुरुपयोग गरेर राज्यमा आतंक सिर्जना गरेका थिए, त्रास फैलाएका थिए, त्यसैले उनको विरुद्धमा सडक र सदन दुवैमा व्यापक विरोध भएकोले नै हामीले यो कुरा उठाएका हौं ।’

लोकतन्त्र, कानूनी राज्य, विधिको शासन चाहानेहरुले महाअभियोगको प्रस्तावको पक्षमा मतदान गर्ने समेत उनको विश्वास थियो । प्रस्ताव निर्णयमा पुग्न प्रक्रियागत हिसावले जाने हो भने दुई महिनाभित्रमा टुँगोमा पुग्ने शर्माको दाबी थियो ।

यद्धपी उनले नेपालमा पहिलो पटक संवैधानिक प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोले नौलो विषय भएकोले हल्ला फैलाईएको भन्दै थपे,‘यो विषयलाई हंगामा बनाईयो ।’ उनले अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाईएपनि संस्था केही नहुने जिकिर गरे । शर्माले थपे,‘आयोगले कामकारवाही गर्छ ।’

लोकमानले नेताहरुमाथि प्रहार गर्न आँटेकोले हतार गरेर महाअभियोग प्रस्ताव ल्याईएको अरे नि भन्ने सञ्चारकर्मीको प्रश्नमा शर्माले भने,‘यो गलत कुरा हो, भ्रम छर्ने काम हो, दुई वर्षसम्म हामीले लोकमानलाई छोएकै थिएनौं त ? खै किन काम नगरेको ? अहिलेमात्रै किन भोलिको अख्तियारले पनि त काम गर्छ नि ?’ उनले अहिलेका अख्तियारको प्रमुख कार्कीको चरित्र र काम गर्ने पद्धतीको बारेमा आफूहरुले कुरा उठाएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन