कार्तिक ८, काठमाडौँ | निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उदेश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्तिक ८, काठमाडौँ | निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उदेश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आ"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान विरुद्ध राजधानीमा १ घण्टे युवा खवरदारी

२०७३, ८ कार्तिक सोमबार १५:५७

कार्तिक ८, काठमाडौँ | निलम्वित अख्तियार प्रमुख लोकमान सिंह विरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावलाई अनुमोदनमा खवरदारी गर्ने उदेश्यले संयुक्त युवा नागरिक समाज मञ्चले आज राजधानीमा १ घण्टे युवा खवारदारी धर्ना आयोजना गरेका छन । 

खवरदारीलाई सम्वोधन गदै वाइसिएलका अध्यक्ष आरसी शर्माले कोही पनि व्यक्ति संविधान र कानुन भन्दामाथि नहुने भएको हुनाले उनलाई कार्वाही गर्न दलहरुलाई खुटा नकमाउन आग्रह गरे । अर्को प्रसंगमा दलहरुले विगतमा जनआन्दोलनका लागि दोषीलाई नियुक्त गरी गल्ती गरे पनि अहिले सच्चाउने मौका भएको जिकिर गरे ।

त्यस्तैगरी नेकपा एमालेका सांसद रामेश्वर फुँयालले लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा समर्थन गर्दै लोकमानको सम्पति सार्वजनिक गर्न संसदमा आवाज उठाउने बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले एमाले र एमाओवादीले छापामार शैलीमा महाअभियोगको प्रस्ताव दर्ता गरेकोमा नेपाली काँग्रेसको असन्तुष्टी भएता पनि लोकमान विरुद्धको जनमतलाई सम्मान गर्दै केहि दिनभित्रमा महाअभियोगको पक्षमा नेपाली काँग्रेसले निर्णय गर्ने बताउनु भयो । 

संविधान, कानुन, न्यायलय र जनमतलाई लोकमान सिंह कार्कीले धावा बोलेकोले उनलाई संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अनुमोदन नहुन्जेलसम्म युवाहरुले खबरदारी गरिराख्ने अभियानका संयोजक नरेन्द्र खतिवडाले बताए । 

उक्त कार्यक्रममा चेत नारायण रसाइली, सरोज बानियाँ, सरोज दिलु विश्वकर्मा, महेन्द्र थापा, भिम लामा लगायतका सामाजिक अभियान्ताले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ