कात्तिक ९, काठमाडौं । व्यवस्थापिका संसदमा आजदेखि अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुँदैछ ।
आज दिउसो ३ बजे बोलाइएको बैठकमा प्रस्तावकहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव गर्ने टेबुल गर्दै महाअभियोग प्रताव दर्ता गर्नुको कारणबारे आफ्नो मन्तव्य दिनेछन् । त्यसपछी महाअभियोग प्रस्तावका समर्थकलाई बोल्न दिइनेछ ।
महाअभियोग प्रस्तावका समर्थकले बोलेपछि सांसद बैठकमा महाअभियोगको प्रस्तावमा छलफल सुरु गरिनेछ ।