२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोग आफ्नो चासोको विषय होइन : अध्यक्ष यादव

९ कार्तिक २०७३, मंगलवार ०६:५३

कात्तिक ९, धनुषा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म सहमति अनुसार संविधान संशोधन विधेयक नआए आन्दोलनमा जाने बताउनु भएको छ । 

मङ्गलबार सङ्घीय प्रेस फोरम धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान सरकार निर्माणको बेलामा भएको तीन बँुंदे सहमति अनुसार सरकारले आफूले गरेको प्रतिबद्धता पुरा हुने गरी संशोधन विधेयक नआएको उल्लेख गर्नु भयो । 

उहाँले संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिलालगायत उत्पीडनमा परेकाले ठूलो विद्रोह गर्ने अवस्था रहेकाले सत्तारुढ दललाई समयमै सचेत हुन आग्रह गर्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरण बारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगका कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो चासोको विषय नरहेको स्पष्ट पार्नु भयो । 

उहाँले महाअभियोग लगाउनेले नै कार्कीलाई नियुक्ति गरेका हुन, आखिर अहिले महाअभियोग किन लगाउनु प¥यो त्यो कुरा स्पष्ट हुनु प¥यो भन्दै महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बनाउने कुरा उचित नभएको धारणा राख्नु भयो । 

अध्यक्ष यादवले स्वायत् शासन प्रादेशिक संरचनासहितको स्रोत साधनमा समानुपातिक समावेशी ढङ्गबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद् अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने र आफूहरु अधिकारका लागि लडिरहने जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव