२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोग आफ्नो चासोको विषय होइन : अध्यक्ष यादव

२०७३, ९ कार्तिक मंगलवार ०६:५३

कात्तिक ९, धनुषा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म सहमति अनुसार संविधान संशोधन विधेयक नआए आन्दोलनमा जाने बताउनु भएको छ । 

मङ्गलबार सङ्घीय प्रेस फोरम धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान सरकार निर्माणको बेलामा भएको तीन बँुंदे सहमति अनुसार सरकारले आफूले गरेको प्रतिबद्धता पुरा हुने गरी संशोधन विधेयक नआएको उल्लेख गर्नु भयो । 

उहाँले संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिलालगायत उत्पीडनमा परेकाले ठूलो विद्रोह गर्ने अवस्था रहेकाले सत्तारुढ दललाई समयमै सचेत हुन आग्रह गर्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरण बारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगका कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो चासोको विषय नरहेको स्पष्ट पार्नु भयो । 

उहाँले महाअभियोग लगाउनेले नै कार्कीलाई नियुक्ति गरेका हुन, आखिर अहिले महाअभियोग किन लगाउनु प¥यो त्यो कुरा स्पष्ट हुनु प¥यो भन्दै महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बनाउने कुरा उचित नभएको धारणा राख्नु भयो । 

अध्यक्ष यादवले स्वायत् शासन प्रादेशिक संरचनासहितको स्रोत साधनमा समानुपातिक समावेशी ढङ्गबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद् अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने र आफूहरु अधिकारका लागि लडिरहने जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन