कात्तिक ९, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह काकी विरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव व्यवस्थापिका संसदमा पेश भएको छ ।
आज संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले गत साताको बुधबार संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव सदनमा पेश गर्न प्रस्तावका मुख्य प्रस्तावक नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई समय दिएपछी मन्तब्य राख्ने क्रम जारी छ ।