कात्तिक ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव छलफल आगामी २५ गतेदेखिसम्मका लागि स्थगित भएको छ ।
मंगलबार सुरू भएको छलफलमा बोल्नका लागि धेरै सांसदहरूले इच्छा देखाएपछि सभामुख ओनसरी घर्तीमगरले आगामी कात्तिक २५ गते बिहीबारसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।
मंगलबार बसेको व्यवस्थापिका संसद बैठकमा बोल्दै सत्तारूढ र प्रतिपक्षी सांसदहरूले महाभियोग प्रस्तावबारे आफ्नो मत राखेका थिए।