कात्तिक १०, काठमाडौं । भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं । भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसत"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री डा महत नयाँदिल्ली प्रस्थान

१० कार्तिक २०७३, बुधबार ०५:३८

कात्तिक १०, काठमाडौं । भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान  गरेका छन् । 

बिहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले  गर्नेछन । सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दैछिन । 

बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन् । उक्त आयोगको सचिवस्तरीय बैठक भने आजै नयाँदिल्लीमा सुरु हुँदैछ । सो प्रयोजनका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी हिजो नै नयाँदिल्ली पुगिसकेका छन् । 

सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ । आफुले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा महतले जानकारी दिए । 

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री डा महतले भने–‘‘नेपाल भारत बीचका बिगतका विभिन्न सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा बृहत समीक्षा हुन्छ र नेपालको तर्फबाट मैले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा कुरा राख्ने छु ।’’ 

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि सो बैठकमा छलफल हुने छ । मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने