कात्तिक १०, उदयपुर । भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, उदयपुर । भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नेपाल"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

संविधान संशोधन र कार्यान्वयनप्रति सरकार प्रतिबद्ध छः मन्त्री लेखक

१० कार्तिक २०७३, बुधबार ०७:३५

कात्तिक १०, उदयपुर । भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मधेसी तथा जनजातीको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा हुने छ ।” 

मन्त्री लेखकले सरकारको मुख्य प्राथमिकता भनेको नै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने बताउँदै संविधान कार्यन्वयनका लागि तिन तहको निर्वाचन गराउनेतर्फ सरकार पूर्ण प्रतिवद्धताका साथ कार्य गरिरहेको बताए । 

संविधान संशोधनका लागि प्रमुख तिन दल र साना दल समेतको सहभागितामा पटक÷पटक छलफल भएको र सबैको सहमतिमा नै यो कार्य पूरा हुने विश्वास पनि उनले ब्यक्त गरे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगका विषयमा काँग्रेसले आश्यक प्रक्रिया पु¥याएर मात्र निर्णय गर्ने बताउँदै यो प्रकरणमा दल भन्दा पनि जनमत र संसद्मा सांसदको बहुमत धारणा बुझेर मात्र काँग्रेस छिट्टै निर्णयमा पुग्ने विचार व्यक्त गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का